जेष्ठ ३० गते देखि एनएमबि बैंकको एफपीओ बिक्री खुल्दै, प्रति कित्ता रु. ३३३ मा आवेदन गर्दा ठिक कि बेठिक !

काठमाडौँ २०७५ जेष्ठ २८: एनएमबि बैंक लिमिटेडले आगामी बुधबार जेष्ठ ३० गते देखि थप साधारण शेयर; एफपीओ निष्काशन गर्ने भएको छ। जेष्ठ १८ गते नेपाल धितोपत्र बोर्डबाट निष्काशन अनुमति पाएसंगै बैंकले जेष्ठ ३० गते देखि शेयर बिक्री गर्न विवरण-पत्र र आवहान पत्र सार्वजनिक गरेको थियो। 

बैंकले रु. १०० अंकित मूल्यमा प्रिमियम वापत रु.२३३ थप गरेर प्रति कित्ता रु. ३३३ का दरले १ करोड १४ लाख १५ हजार १६३ कित्ता साधारण शेयर रु. ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रकम बराबरको निष्काशन बिक्री गर्न लागेको हो। यो थप साधारण शेयर भएकाले यसमा कर्मचारी र म्युचल फण्डलाइ बिशेष आरक्षणको व्यवस्था हुदैन। एफपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ५७,०७० कित्तासम्म प्रति कित्ता रु. ३३३ का दरले आवेदनका साथमा रकम बुझाउनुपर्ने हुन्छ। 

 

एफपीओको बिक्री खुल्ला २०७५ जेष्ठ ३० गते देखि (छिटोमा) असार ३ गतेसम्म हुनेछ तर माग बमोजिम आवेदन नपरेको खण्डमा भने म्याद थप भएर असार २८ गतेसम्म हुनेछ । राष्ट्र बैंकको नियम अनुसार यस एफपीओमा बैंकका संस्थापक, संचालक र निजका परिवारले पहिलो चरणमा आवेदन गर्न पाउने छैनन् भने यदि शेयर बिक्रीको म्याद थप भएमा भने यस्तो हदबन्दी लागू हुनेछैन।


यस एफपीओको निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । एफपीओमा आवेदन दिन चाहने लगानीकर्ताले सि-आस्वा सेवा प्रदान गर्न अनुमति प्राप्त बैंक तथा बितीत्य संस्था र तिनीहरुका शाखा कार्यालयबाट आवेदन गर्न सक्नेछन् भने इन्टरनेट पहुच भएका र मेरो शेयर सेवा लिएका लगानीकर्ताले मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/ मार्फत पनि आवेदन गर्न सक्नेछन् ।

एफपीओ पूर्व चुक्ता पुंजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रहेको बैंकले एफपीओबाट आउने १ अर्ब १४ करोड १५ लाख १६ हजार जोडेर चुक्ता पुंजी ७ अर्ब ६० करोड ३२ लाखको हाराहारीमा पुर्याउने छ भने बाकी २ अर्ब ६५ करोड रिजर्भमा जम्मा गर्नेछ। बैंकले चुक्ता पुंजीको सिमा पुर्याउन लगभग ४० करोड पुंजी थप्नुपर्ने हुन्छ त्यसमा पनि बैंकको आर्थिक बर्ष २०७३/७४ को बोनस पनि बाकी नै रहेको छ र चालु आर्थिक बर्ष पनि सकिने अवस्थामा छ भने रिजर्भमा पनि टन्न पैसा थुप्रने हुनाले पनि एनएमबिको शेयर बिशेष आकर्षक हुन्सक्छ। 

यस अघिका एफपीओको आवेदन संख्या र बाडफाडको ट्रेन्ड

आर्थिक बर्ष २०७४/७५ मा एफपीओ निष्काशन अनुमति पाएका ३ कम्पनीहरुको छोटकरीमा टेबुलर प्रस्तुति यसप्रकार रहेको छ :


नेपाल ग्रामिण विकास र प्रिमियर इन्स्योरेन्समा आवेदकको राम्रै चार्म रहेको देख्न सकिन्छ तर बुटवल पावरमा भने त्यस्तो रहेन भन्दा हुन्छ। बुटवल पावरमा एफपीओको सबै शेयर नबिक्दा प्रत्याभूति गर्ने विभिन्न मर्चेन्ट बैंक तथा अन्य कम्पनीहरुले समेत लिनुपरेको थियो। शेयर संख्या धेरै हुनु र एफपीओ निष्काशनको बखत शेयरको दोश्रो बजार मूल्य एफपीओ मुल्य भन्दा कम हुनुले बुटवल पावरको एफपीओ म्याद थप गरेर बिक्री गर्दा पनि पुरै बिक्री हुन सकेन ।

एनएमबिको पनि सोमबार जेष्ठ २८ गते दोश्रो बजारको बन्द हुदाको अन्तिम मुल्य रु. ३७१ रहेको छ । बजार मूल्य भन्दा एफपीओ मूल्य जम्मा ३८ रुपैयाको अन्तरमा रहेको छ। एनएमबिमा पनि सकेसम्म आवेदन दिदा आवेदन गरेको कित्ता जति नै शेयर पाउने सम्भावना बढी छ तर बेयेरिस ट्रेन्डमा रहेको बजारमा यदी २ दिन मात्रै शेयर मूल्य घट्यो भने एफपीओ मूल्य भन्दा सस्तो त हुने हैन भन्ने जोखिम आफ्नो ठाउँमा छ। त्यसैले आवेदन दिन इच्छुक लगानीकर्ताले बजार मुल्य र ट्रेन्ड अनुमान गरेर आफुले लिन सक्ने जोखिममा रहेर मात्रै आवेदन गर्दा राम्रो हुन्छ।

Posted on: June 11, 2018

Share your thoughts:


Related Stories