नेपाल बैंकको एफपीओ बिक्री खुल्यो, न्युनतम ५० कित्ता आवेदन गर्दै श्रावन १३ गतेसम्म भर्न पाइने

काठमाडौँ २०७५ असार १७: नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सरकार (संस्थापक) र सर्वसाधारण शेयर अनुपात ५१:४९ को अनुपातमा मिलाउन १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन मार्फत बिक्री खुल्ला गरेको छ । प्रति शेयर अंकित मुल्य रु. १०० मा रु. १८० प्रिमियम थप गरेर रु. २८० मा बिक्रीमा ल्याएको हो । यस एफपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले प्रति शेयर रु. २८० का दरले न्युनतम ५० कित्ता देखि अधिकतम सबै कित्ता आवेदन गर्न सक्नेछन् ।

 

अघिल्ला निष्काशनहरुमा जस्तो यसमा संस्थागत लगानीकर्ताहरुलाइ कुनै बन्देज छैन । संस्थागत लगानीकर्ताहरुले पनि चाहे जति नियमसंगत तरिकाले आवेदन गर्न पाउनेछन् । यस निष्काशनमा आवेदन दिन इच्छुक लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा बितीत्य संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट आवेदन फारम पाउन र बुझाउन सक्छन । त्यस्तै इन्टरनेट पहुच भएका र मेरो शेयरको अनलाइन युजर नेम भएका लगानीकर्ताले भने https://meroshare.cdsc.com.np/ बाट पनि भर्न सक्नेछन् । एफपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 


२०७५ असार १५ गतेदेखि निष्काशन खुल्ला भएको यस एफपीओको पहिलो आवेदन बन्द हुने मिति असार १९ गतेसम्म रहेको छ भने पहिलो मितिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने म्याद थप भएर श्रावन १३ गतेसम्म हुनेछ । 

यदी यस एफपीओमा बिक्रीमा ल्याएको शेयरहरु निष्काशन बन्द हुने दिनसम्म पनि पुरै बिक्री नभएको खण्डमा निम्ननुसारका ८ प्रत्याभूत गर्ने कम्पनीहरुले सकार्नु पर्नेछ। प्रत्याभूतकर्ताहरुले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बिक्री नभएका शेयरहरु सकार्नु पर्नेछ । नेपाल बैंकको शेयर मुल्य दोश्रो बजारमा बिहिबार बजार बन्द हुदा रु. २९३ रहेको छ ।


Posted on: July 01, 2018

Share your thoughts:


Related Stories