यूनिभर्सल पावर कम्पनीको सर्वसाधारणलाइ आइपीओ बिक्री खुल्यो, माघ २९ गतेसम्म ५ हजार देखि ५० करोड रुपैयासम्मको आवेदन गर्न पाइने

काठमाडौँ २०७५ माघ २५: यूनिभर्सल पावर कम्पनी लिमिटेडले स्थानीय आयोजना प्रभावित पश्चात सर्वसाधारणको लागि आइपीओको निष्काशन बिक्री खुल्ला गरेको छ । कम्पनीले स्थानीयलाइ जारी गर्दा बिक्री हुन् नसकेको शेयर समेत गरेर कुल ९३,२७,४१० कित्ता शेयर बिक्री खुल्ला गरेको हो । जसमध्य १,८६,५४८ कित्ता शेयर कर्मचारीहरुको लागि र ४,६६,३७० कित्ता साधारण शेयर म्युचल फण्डलाइ भाग लगाई बाकि रहेको ८६,७४,४९२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । 

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन गर्न पाउनेछन् । माघ २५ गतेदेखि बिक्री खुल्ला भएको शेयर माघ २९ गतेसम्म छिटोमा र माग बमोजिम आवेदन नपरेको खण्डमा भने फाल्गुन २६ गतेसम्म बिक्री खुल्ला रहनेछ । 

यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।


Posted on: February 08, 2019

Share your thoughts:


Related Stories