पाचथर पावर कम्पनीको सर्वसाधारणलाइ आइपीओ बिक्री खुल्यो, १० कित्ता देखि ९६२० कित्तासम्म आवेदन गर्न पाइने

काठमाडौँ २०७५ फाल्गुण १३: पाचथर पावर कम्पनी लिमिटेडले प्रति साधारण शेयर रु.१०० अंकित दरका १७,५०,२५० कित्ता साधारण शेयरहरु सर्वसाधारण लगानीकर्ताको लागि बिक्रीमा ल्याएको छ । जसमध्य २ प्रतिशत अर्थात् ३५,००५ कित्ता कर्मचारीहरुलाइ र ५ प्रतिशत अर्थात् ८७,५१२ कित्ता म्युचल फण्डहरुलाइ आरक्षित गरी बाकि रहेको १६,२७,७३३ कित्ता साधारण शेयर सर्वसाधारणलाइ बिक्रीमा ल्याईएको हो । 

सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम ९६२० कित्ता आवेदन दिन पाउनेछन । आज फाल्गुण १३ गतेदेखि बिक्री खुलेको शेयर छिटोमा फाल्गुण १६ गतेसम्म र माग बमोजिम आवेदन नपरेको खण्डमा चैत्र १२ गतेसम्म बिक्री खुल्ला रहनेछ । 

यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।


Posted on: February 25, 2019

Share your thoughts:


Related Stories