स्पर्स लघुवित्तको आइपीओ बिक्री खुल्यो, १० कित्ता आवेदन नै सबैभन्दा उत्तम

काठमाडौँ, २०७५ फाल्गुण २६:


मेगा बैंक र जनता बैंक नेपाल लिमिटेड संगै काठमाडौँका क्याम्पसहरुमा प्राध्यापन गर्ने प्राध्यापकहरुद्वारा प्रवर्तित स्पर्श लघुवित्त वितीत्य संस्था लिमिटेडले आज फाल्गुन २६ गतेदेखि प्रथम सार्वजनिक शेयर निष्काशन बिक्री खुल्ला गरेको छ । रजिस्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका रहेको यस लघुवित्तको कार्यक्षेत्र १० जिल्ला रहेको छ । 

लघुवित्तले जारी पूंजीको ३२.५ प्रतिशत शेयर कर्मचारी सहित सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । जस अनुसार प्रति साधारण शेयर रु.१०० अंकित दरको २,६९,६३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । साधारण शेयर मध्य जारी पूंजीको ०.५ प्रतिशत अर्थात् ४,१४८ कित्ता साधारण शेयरहरु कम्पनीका कर्मचारीहरुलाइ र ५ प्रतिशत अर्थात् १३,४८२ कित्ता शेयरहरु म्युचल फण्डहरुको लागि आरक्षित गरी बाकि रहेको २,५२,००० कित्ता शेयरहरु सर्वसाधारणको लागि निष्काशन बिक्री खुल्ला गरिएको हो ।


इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १३४० कित्तासम्म प्रति शेयर रु.१०० का दरले भुक्तानी गरेर आवेदन गर्न सक्नेछन् । फाल्गुण २६ गतेदेखि बिक्री खुल्ला भएको यस आइपीओको बिक्री बन्द फाल्गुण २९ गते हुनेछ । यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।

 

यस धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । 


Posted on: March 10, 2019

Share your thoughts:


Related Stories