माउन्टेन हाइड्रोले पनि सर्वसाधारणलाइ आइपीओ बिक्री खुलाएको छ, भर्नुभयो ?

काठमाडौँ २०७५ फाल्गुण २६: माउन्टेन हाइड्रो नेपाल लिमिटेडले प्रति साधारण शेयर रु.१०० अंकित दरका १८,१६,११० कित्ता साधारण शेयरहरु सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिरहेको छ । जसमध्य ३६,३२२ कित्ता कर्मचारीहरुलाइ र ४०,००० कित्ता म्युचल फण्डहरुलाइ बाडफाड गरी बाकि रहेको १७,३९,७८८ कित्ता साधारण शेयर सर्वसाधारणलाइ बिक्रीमा ल्याईएको हो । 

सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम ८०,००० कित्तासम्म आवेदन दिन पाउनेछन । गत फाल्गुण २३ गतेदेखि बिक्री खुलेको शेयर छिटोमा फाल्गुण २८ गतेसम्म र माग बमोजिम आवेदन नपरेको खण्डमा चैत्र २२ गतेसम्म बिक्री खुल्ला रहनेछ । 

यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।


Posted on: March 10, 2019

Share your thoughts:


Related Stories