हिमालय उर्जा विकास कम्पनीको सर्वसाधारणलाइ आइपीओ बिक्री खुल्यो, न्युनतम ५० कित्तादेखि ६५०० कित्तासम्म भर्न पाइने

काठमाडौँ २०७५ चैत्र २०: हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी पूंजी ९९ करोडको १५ प्रतिशत अर्थात् १४ करोड ८५ लाख रकम बराबर प्रति शेयर रु. १०० अंकित दरका १४ लक्ष ८५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाइ निष्काशन बिक्री खुल्ला गरेको छ । जसमा ४४,५५० कित्ता शेयर अर्थात् ३ प्रतिशत कर्मचारीहरुलाई र ७४,२५० कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषलाइ आरक्षित गरी बाकि १३,६६,२०० कित्ता सर्वसाधारणलाइ बिक्रीमा ल्याईएको हो । 

यस साधारण शेयरमा आवेदन गर्न इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम ६५०० कित्तासम्म आवेदन गर्न पाउनेछन् । चैत्र २० गतेदेखि निष्काशन बिक्री खुल्ला भएको यस साधारण शेयरमा माग बमोजिम आवेदन परेको खण्डमा चैत्र २५ गते निष्काशन बन्द हुनेछ भने अप्रयाप्त आवेदन परेमा बैशाख १९ गतेसम्म निष्काशन खुल्ला रहनेछ । यस साधारण शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।


यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुका शाखा कार्यालयहरुबाट आवेदन फारम पाउन, बुझाउन र शेयरको पैसा बुझाउन सक्नेछन् । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।

Posted on: April 03, 2019

Share your thoughts:


Related Stories