नेप्सेमा आज ४ कम्पनीले बोनस शेयर र एक कम्पनीले आइपीओ सूचिकृत गराए, तपाईसंग शेयर भएको पनि पर्यो कि !

काठमाडौँ २०७६ बैशाख २२: नेपाल स्टक एक्सचेन्जमा आज विभिन्न चार कम्पनीहरुले बोनस शेयर र एक कम्पनीले प्राथमिक शेयर सूचीकरण गराएका छन् । बोनस शेयर सूचीकरण गर्नेमा हिमालयन बैंक लिमिटेड, साल्ट ट्रेडिंग कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सोल्टी होटल लिमिटेड रहेका छन् भने आइपीओ सूचीकरण गर्नेमा स्पर्श माइक्रोफाइनान्स बितीत्य संस्था लिमिटेड रहेको छ ।

हिमालयन बैंकले आर्थिक बर्ष २०७४/७५ को लागि वितरण गरेको ५ प्रतिशत बोनस शेयर वापतको ४०,५७,२६५ कित्ता शेयरहरु सूचीकरण गराएको हो ।


मिसन डेभलपमेन्ट बैंक लिमिटेडले पनि आर्थिक बर्ष २०७५/७५ को लागि वितरण गरेको ११ प्रतिशत बोनस शेयर वापतको ५७१,२०८.२२ कित्ता शेयरहरु सूचीकरण गराएको हो ।


त्यस्तै साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडले आर्थिक बर्ष २०७४/७५ को लागि वितरण गरेको २५ प्रतिशत बोनस शेयर वापतको ३०७,४२४ कित्ता सेयरहरु सूचीकरण गराएको छ ।


होटल्स समूह अन्तर्गतको सोल्टी होटल्स लिमिटेड गत आर्थिक बर्षको लागि वितरण गरेको १० प्रतिशत बोनस शेयर वापतको ६६,६१,१६३ कित्ता शेयरहरु नेप्सेमा सूचीकरण गराएको हो । शेयर सूचीकरण संगै सम्बन्धित शेयरधनीहरुले शेयर डीम्याट खातामा पाए पछि कारोबार गर्न पाउनेछन् ।


केहि समय अगाडी आइपीओ बिक्री गरेको स्पर्श लघुवित्त बितीत्य संस्था लिमिटेडले पनि ८,२९,६३० कित्ता शेयरहरु नेप्सेमा कारोबारको लागि सूचीकरण गरेको छ । आज शेयर सूचीकरण गरेसंगै भोलि देखि नेप्सेमा स्पर्शको कारोबार खुल्नेछ ।


Posted on: May 05, 2019

Share your thoughts:


Related Stories