एक्सेल डेभलपमेन्टको साधारण सभा चैत्र १९ मा, बोनस पाउन ६ गतेसम्म शेयर हुनेले मात्रै बोनस पाउने

काठमाडौँ २०७३ फाल्गुण ११: एक्सेल डेभलपमेन्ट बैंक (EDBL)ले ११ औ बार्षिक साधारण सभा चैत्र १९ गतेलाइ बोलाएको छ। बैंकले नेप्सेमा प्रकाशित गरेको सूचना अनुसार बैंकको फाल्गुण ४ गते सम्पन्न १८५ औ संचालक समिति बैठकले चैत्र १९ मा साधारण सभा गर्ने निर्णय गरेको हो। साधारण सभा प्रयोजनको लागि बैंकको शेयर दाखिला किताब चैत्र ७ गते देखि १९ गतेसम्म बन्द रहने छ भने साधारण सभामा भाग लिन र बोनस पाउन चैत्र ६ गतेसम्म शेयर आफ्नो नाममा हुनुपर्नेछ। बैंकले साधारण सभामा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद लाभांसको प्रस्ताव पारितको लागि प्रस्तुत गर्नेछ। बैंकको चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ छ भने २३ करोड १४ लाख ५३ हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ एक पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २३ पैसा छ। 


Posted on: February 22, 2017

Share your thoughts:


Related Stories