सोमबार देखि बुटवल पावरको एफपीओ खुल्दै, न्युनतम २० कित्ता आवेदन गर्दा पर्ने सम्भावना धेरै

काठमाडौँ २०७४ माघ १४: एनएमबी क्यापिटलले बिक्रि तथा व्यवस्थापन प्रबन्धकको कार्य गर्ने बुटवल पावरको थप साधारण शेयर निष्काशन(एफपीओ) सोमबार, माघ १५ गते देखि खुल्दैछ। ४० लाख ८१ हजार कित्ता शेयरको मूल्य प्रति कित्ता अंकित मूल्य रु. १०० मा प्रिमियम रु.४०१ जोडेर रु.५०१ तोकिएको छ। एफपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम २०,४०० कित्ता आवेदन दिन सक्नेछन्। यो एफपीओ भएका कारणले कर्मचारी र म्युचल फण्ड दुवैलाइ आरक्षण द्वारा शेयर विभाजन हुनेछैन।

माघ १५ गते, सोमबार देखि बिक्रि खुल्ने शेयर माघ १९ गते शुक्रबार बैंकिंग समय पश्चात बिक्रि बन्द हुनेछ।


धितोपत्र बाडफाडको नया नियम अनुसार प्रत्येक आवेदकले १० कित्ता शेयर अनिवार्य पाउनेछन्। न्युनतम कित्ता अनुसार हिसाब गर्दा बुटवल पावरको शेयर ४ लाख ८ हजार १ सय जनाले १०-१० कित्ता पाउने छन्। तर हालसम्मको एफपीओ शेयर आवेदनको संख्या सामान्यतया २ लाखको हाराहारीमा हुने गरेको छ। त्यसैले पनि न्युनतम १० कित्तामा अर्को १० कित्ता थपेर २० कित्ता आवेदन गर्दासमेत मागे अनुसारको शेयर पाउने सम्भावना धेरै देखिन्छ। 

आज आइतबार बजार खुलेको पहिलो दिन बुटवल पावरको शेयर मूल्य रु.८ घट्दै बजार बन्द हुदा रु.६२८ कायम भएको छ। आजको मूल्यलाइ हेर्दा बुटवलको शेयर दोश्रो बजार भन्दा रु.१२७ सस्तोमा एफपीओमा भर्न पाइनेछ। 

एकै दिन धितोपत्र बोर्ड बाट अनुमति पाए पनि बिक्रि प्रबन्धक एकै हुनाले पालैपालो निष्काशन हुदा अब बुटवल पावरको पालो आएको हो। एनएमबी क्यापिटलले नै प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपीओ निष्काशन गरेको थियो। दुवै कम्पनीलाइ धितोपत्र बोर्डले मङ्सिर १८ गते एफपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। 

Posted on: January 28, 2018

Share your thoughts:


Related Stories