म्युचल फण्ड भनेको के हो ?? सामान्य जानकारी सहित

काठमाडौँ, २०७३ भाद्र ३१ : सामान्यतया म्युचल फण्ड (Mutual Fund) भनेको धेरै साना-साना लगानीकर्ताहरुबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छन तिनीहरुको लागि म्युचल फण्ड भनेको राम्रो लगानीको अवशर हुनसक्छ । म्युचल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार, म्युचल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड / ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन। येसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाइ वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औषत लगानीकर्तालाई  म्युचल फण्ड स्मार्ट र लागत प्रभावी लगानी हुनसक्छ भने येसमा लगानी गर्न ठुलो लगानी पनि आवश्यक पर्दैन । न्युनतम १००० रुपैयामा लगानीको सुरुवात गर्न सकिन्छ। यो लगानी विविधता गर्ने एक सजिलो मध्यम पनि हो जुन यो भनाइ संग पनि मेलखान्छ " तपाई एकै टोकरीमा आफ्नो सबै अन्डा राख्नहुन्न " । तपाईलाइ शेयर बजार बारेमा त्यति ज्ञान पनि छैन, नया लगानीकर्ता हुनुहुन्छ, जोखिम र एसको घटबढ बारे पनि बुझ्नुहुन्न र समय पनि दिन सक्नुहुन्न भने तपाईलाइ म्युचल फण्ड राम्रो विकल्प हो। कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फ़बाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन।

नेपालमा म्युचल फण्डलाइ धितोपत्र बोर्ड नेपाल (SEBON) ले नियमन र निरीक्षण गर्दछ। नेपालमा म्युचल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार र सेबोनले तोके बमोजिम हुनेगर्दछ। नेपालमा म्युचल फण्ड, म्युचल फण्ड नियमावली २०६७ (2010 A.D.) र म्युचल फण्ड निर्देशिका २०६९ (2012 A.D.) बाट नियन्त्रित छन्।

म्युचल फण्डका फाइदाहरु यसप्रकार छन् : 

  • प्रोफेसनल व्यवस्थापक 
  • विविधीकरण
  • सहजीकरण 
  • सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ 
  • सहजै र छिटो किनबेच गर्न सकिने 
  • पारदर्शिता
  • न्युन कारोबार शुल्क 
  • कर सुबिधा 
  • लगानी शुरक्षित 




म्युचल फण्डले पुंजी बजारलाइ विकाश तथा प्रबर्दनमा ठुलो भूमिका खेल्ने गर्छ त्यस मध्यमा केही बुदागत रुपमा एसप्रकार छन् : 

  • बचतको विकेन्द्रीकरण 
  • पैसा लगानी गर्ने नया उपकरण वा माध्यम
  • साना लगानीकर्ताको सुरक्षा 
  • पुंजी बजारको श्रीबृदी
  • धितोपत्र बजारलाई पारदर्शिता उन्मुख बनाउनु 
  • बहु-आयमिक सेवा 

म्युचल फण्डका प्रकारहरु एसप्रकार छन् :

विशेष गरेर संरचनागत रुपमा खुल्ला समाप्ति कोष र बन्द समाप्ति कोष गरी दुइ भागमा विभाजित हुन्छन।

  •  खुल्ला समाप्ति कोष : खुल्ला समाप्ति कोष भन्नले बर्षे भरी किनबेचको लागी उपलब्ध हुने र  दोश्रो बजार अर्थात् नेप्सेमा सुचिकृत नहुने कोष भन्ने बुझाउछ। खुद सम्पत्ति मूल्यको आधारमा लगानीकर्ताले आफु संग भएको ईकाई जुनसुकै समयमा किन्न र बेच्न सक्छन। खुल्ला समाप्ति कोषलाइ येती नै ईकाई जारी गर्नुपर्छ भन्ने कुनै तेस्तो रोकावट हुदैन त्येसैले माग बढेको खण्डमा ईकाई धारी जति नै भए पनि जारी गर्नसकिन्छ। येदि ईकाई धारीहरुले बेच्न चाहेमा कोषले नै किन्न पनि सक्छ।
  • बन्द समाप्ति कोष : बन्द समाप्ति कोष (Closed Ended Fund) ले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतय ३ देखि १५ वर्षसम्मको समयको लागी जारी गर्ने गर्छन। बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निस्काशनद्वारा संकलन गर्ने गर्छन। त्येसरी संकलित कोषलाइ धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ अनि दोश्रो बजारमा कारोबार पनि गर्न सकिन्छ। तय गरेअनुसारको समय सिमा सकिए पछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउछन्। नेपालमा ५ बर्षे र ७ बर्षे बन्द समाप्ति कोषहरु हाल संचालनमा छन्।

लगानी उद्दश्यका आधारमा ४ भागमा वर्गीकरण गरिएको छ :

  • वृद्धि कोष (Growth Fund) : यो योजनाको मुख्य उद्दश्य भनेको पुंजी मुल्यांकन वृद्धि हो। यसले कुनै तेस्तो लाभांश वितरण गर्दैन।
  • आय कोष (Income Fund) : यो योजनाले मुख्य आम्दानीको श्रोत पहिचान गरेर तेस्मा लगानी गरेर ईकाई धारीहरुलाइ मुलत लाभांश वा ब्याज प्रदान गर्ने गर्दछ।
  • सन्तुलित कोष (Balanced Fund) : सन्तुलित कोषको मुख्य उद्दश्य तेस्ता लगानीकर्ता उन्मुख हुन्छ जो माध्यम सुरक्षा जस्तै कि आम्दानी र पुंजी मुल्यांकनको खोजीमा हुन्छन। एस्तो कोषको संयोजन एउटै पोर्टफोलियोमा स्टक, बोन्ड, सम्पति बजार आदिको हुनेगर्छ।
नेपाली बजारमा हाल  ७ ओटा म्युचल फण्ड योजनाहरु संचालनमा रहेका छन् । जसमा सिद्धार्थ लगानी वृद्धि योजना - १ (SIGS1 ) मूल्य ५० करोड रुपैया,  सिद्धार्थ इक्विटी उन्मुख योजना (SEOS) मूल्य १०० करोड रुपैया , लक्ष्मी मूल्य कोष-1 (LVF1) मूल्य ५० करोड रुपैया , नबिल सन्तुलित कोष-1 (NBF1) मूल्य ७५ करोड रुपैया, NIBL समृद्धि  कोष-1 (NIBSF1) मूल्य १०० करोड रुपैया, NMB सुलभ लगानी कोष-1 (NMBSF1) मूल्य ७५ करोड रुपैया र ग्लोबल आईएमई सम्मुनति  योजना-1 मूल्य ८० करोड हुन् । यी सबै योजनाहरु बन्दमुखी हुन् भने योजनाको समय सिमा ५ देखि ७ वर्षसम्म रहेको छ।
आगामी दिनमा २ ओटा नया योजनाहरु पनि नेपाली बजारमा आउदैछन । जसमा NMB हाईब्रिड़ फण्ड एल १ र नबिल इक्विटी फण्ड रहेका छन् । NMB हाईब्रिड़ फण्ड एल १ को सार्वजनिक बिक्रि येही २०७३ भाद्र २६ देखि भाद्र ३१ शुक्रबारसम्म हुनेछ जसले ८० करोड बराबरको ८ करोड ईकाई बजारमा ल्याउने छ । तेस्तै १ अर्ब बराबरको १० करोड ईकाईको नबिल इक्विटी फण्ड २०७३ अशोज २ गते देखि बजारमा सार्वजनिक बिक्रिको लागि खुल्ला हुनेछ
फोटोहरु गुगुलबाट सारिएका हुन् भने जानकारी : Global IME Capital, NIBL Capita and others same sites बाट नेपाली अनुवाद गरिएको हो।

Posted on: September 16, 2016

Share your thoughts:


Related Stories