स्वदेशी लघुवित्तको १०० प्रतिशत हकप्रद निष्काशन बिक्रि असोज २३ देखि कार्तिक २६ गतेसम्म हुने

काठमाडौँ २०७५ असोज २१: राष्ट्रिय स्तरको खुद्रा लघुवित्त सम्बन्धि कारोबार गर्ने इटहरी उपमहानगरपालिका-९, सुनसरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्तले चुक्ता पूंजीको शतप्रतिशत हकप्रद निष्काशन बिक्री खुल्ला यही असोज २३ गते देखि कार्तिक २६ गतेसम्म गर्ने भएको छ । 


अधिकृत पूंजी ५० करोड रहेको लघुवित्तको जारी पूंजी २३ करोड रहेको छ भने चुक्ता पूंजी हाल ११ करोड ५० लाख मात्रै रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्ता पूंजी पनि २३ करोड नै पुग्नेछ । लघुवित्तले चुक्ता पूंजीको शतप्रतिशत अर्थात् १ कित्ता बराबर १ कित्ता हकप्रद निष्काशन गरेको हो । 


हकप्रद शेयर खरिदका लागि दरखास्त पाउन, रकम जम्मा गर्न र आवेदन बुझाउन एन.आई.सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँ र स्वदेशी लघुवित्त बितित्य संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी, सुनसरी तथा सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा बितीत्य संस्था र तिनीहरुका शाखा कार्यालयहरुबाट पनि हकप्रदमा आवेदन गर्न र पैसा बुझाउन पाइनेछ ।

मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।

यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।


Posted on: October 07, 2018

Share your thoughts:


Related Stories