किसान माइक्रोफाइनान्सको ५० % हकप्रद बिक्री खुल्ला, पुस ८ गतेसम्म किन्न पाइने

काठमाडौँ २०७५ मङ्सिर २: किसान माइक्रोफाइनान्स बितीत्य संस्था लिमिटेडले चुक्ता पूंजीको ५० प्रतिशत हकप्रद शेयर मङ्सिर २ गते देखि पुस ८ गतेसम्म निष्काशन बिक्री खुल्ला गरेको छ । यस हकप्रदमा २०७५ कार्तिक १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।


हकप्रद शेयर खरिदको लागि लगानीकर्ताहरुले दरखास्त फारम पाउन र रकम जम्मा गर्न; सिभिल क्यापिटल मार्केट लि., सुन्धारा काठमाडौँ, किसम माइक्रोफाइनान्स बितीत्य संस्था लि., केन्द्रीय कार्यलय बलिया कैलाली तथा सम्पुर्ण शाखा कार्यालयहरु, साथै सिभिल बैंक लि. का शाखा कार्यालय बिराटनगर, पोखरा, नेपालगंज, बिरगंज, नारायणघाट, बुटवल र धितोपत्र बोर्डबाट सि-आस्वा सदश्य बैंक तथा बितीत्य संस्था र तिनका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सक्नेछन ।

मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।

यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

Posted on: November 18, 2018

Share your thoughts:


Related Stories