एभरेस्ट इन्स्योरेन्सको सर्वसाधारण शेयर धनीका लागि १०५ % संस्थापक हकप्रद बिक्री खुल्ला, पौष २२ गतेसम्म भर्ने म्याद

काठमाडौँ २०७५ मङ्सिर १६:


सुन्दै अचम्म लाग्ने हकप्रद शेयर आज देखि एभरेस्ट इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको छ । नेपाली कम्पनीहरुमा हुनुपर्ने संस्थापक र सर्वसाधारण समूहलाइ अपव्याखा गर्दै इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयर समूह नै गायब भएपछि अहिले आएर संस्थापक कायम गराउन इन्स्योरेन्सले सर्वसाधारणलाइ नै हाल कायम चुक्ता पुंजीको १०५ प्रतिशत हकप्रद बिक्री गरेर संस्थापक बनाउन लागेको देखिन्छ । 


एभरेस्ट इन्स्योरेन्स कम्पनीले हालको चुक्ता पूंजी रु. १३ करोड ३६ लाख ५० हजारको १०५ प्रतिशत अर्थात् १ कित्ता बराबर १.०५ कित्ताका दरले १४ लाख ३ हजार ३२५ कित्ता बराबरको रु. १४ करोड ३ लाख ३२ हजार ५ सयको हकप्रद निष्काशन बिक्री खुल्ला गर्न लागेको हो । 

यस हकप्रद मङ्सिर १६ गतेदेखि बिक्री खुल्ला भइ पौष २२ गते बन्द हुनेछ । हकप्रद शेयर खरिद गर्नको लागि आवेदन फारम पाउन, बुझाउन र रकम बुझाउन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौँ, सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँ र नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त बैंक तथा बितित्य संस्था तथा तिनीहरुको शाखा कार्यालयमा सम्पर्क राख्न सकिन्छ । साथै मेरो शेयर अनलाइन पोर्टलको सुबिधा भएका लगानीकर्ताले https://meroshare.cdsc.com.np/ बाट पनि आवेदन गर्न सक्नेछन् ।

यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Posted on: December 02, 2018

Share your thoughts:


Related Stories